सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह चढेको गाडी बझाङमा दुर्घटना
बझाङ | असार ५, २०८०
बझाङ: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा मन्त्री सिंहसँगै उहाँकी श्रीमती, भाउजु र दुई जना सुरक्षा गार्ड र चालक घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ ।
घाइते सबै जना अचेत रहेका प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

